एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

नेपालभ्युज

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधि परिषद बैठक सुरु भएको छ ।

शनिबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो परिषद् बैठकको औपचारिक रूपमा शुभारम्भ गरेका हुन् ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको आशा र भरोसालाई आफ्नो पार्टीले सम्बोधन गरी छोड्ने दृढता व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले पार्टीको तर्फबाट राजनीतिक प्रतिवेदन पस गरेका छन् । यसपछि महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन पेश गर्नेछन् ।

बैठकमा केन्द्रिय सदस्यसहित २ हजार ४५४ जना प्रतिनिधिहरू सहभागी भएको एमालेले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved