युक्रेन र इजरायललाई अरबौं डलरको सहयोग प्याकेज उपलब्ध गराउने अमेरिकाको तयारी

नेपालभ्युज

युक्रेन र इजरायललाई अरबौं डलरको सहयोग प्याकेज उपलब्ध गराउने अमेरिकाको तयारी

काठमाडौं । रसियाको प्रतिरक्षा गर्न असमर्थ बन्दै गएको युक्रेनलाई पुन राहत प्याकेज उपलब्ध गराउने तयारी गरेको छ ।

रुसी आक्रमणसँग लड्न खर्बौँ रकम बराबरको हतियार सहयोग गरेको अमेरिकाले पछिल्लोपटक राहत प्याकेजका सन्दर्भमा अर्को सहयोग उपलब्ध गराउन लागेको हो ।

युक्रेनलाई गरिएको सहयोगबारे अमेरिकामा सरकारको व्यापक विरोध भएको छ ।

विरोधको बाबजुद अमेरिकी संसदले इजरायललाई समेत राहत प्याकेज दिने गरी युक्रेनको राहत प्याकेज अघि बढाउने तयारी गरेको छ । अमेरिकी संसदमा प्रस्तावमाथि आज मतदान हुने भएको छ ।

प्याकेजअनुसार अमेरिकाले युक्रेनलाई झण्डै ६१ अर्ब डलर र इजरायललाई २६ अर्ब डलर अनुदान दिने तयारी गरेको समाचार छ ।

केही दिनअघि मात्रै युक्रेनले रुसी आक्रमणलाई रोक्न अमेरिकी लगायत वैदेशिक सहयोग नभए तेस्रो विश्वयुद्ध हुनसक्ने चेतावनी दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved