एकीकृत समाजवादीप्रति ओली आक्रोशित, भने- अवसरवादी चरित्र देखियो

नेपालभ्युज

एकीकृत समाजवादीप्रति ओली आक्रोशित, भने- अवसरवादी चरित्र देखियो

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेकपा (एकीकृत समाजवादी) प्रति आक्रोशित बनेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकार गठनको प्रक्रियालाई लिएर ओली एकीकृत समाजवादीप्रति आक्रोशित बनेका हुन् । उनले एकीकृत समाजवादीले अवसरवादी चरित्र देखाएको टिप्पणी गरेका छन् ।

यसअघि सुदूरपश्चिममा सरकार गठन गर्ने सन्दर्भमा एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्ष, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को वैकल्पिक गठबन्धनलाई समर्थन गरेको थियो ।

जबकि केन्द्रीय गठबन्धनमा नाउपाको रञ्जिता श्रेष्ठ चौधरी पक्षलाई मुख्यमन्त्री दिने सहमति बनेको थियो । तर, एकीकृत समाजवादीले गठबन्धनका प्रमुख नेताहरूले बोली फेरेको बताउँदै वैकल्पिक गठबन्धनलाई समर्थन गरेपछि ओली आक्रोशित बनेका हुन् ।

सोमबार बसेको संसदीय दलको बैठकमा ओलीले भनेका छन्, “नयाँ समीकरणमा एकीकृत समाजवादी भन्ने पार्टी छ । त्यसले हामीसँग हुँदा पहिलो कार्यकाल नागरिक उन्मुक्तिलाई दिनसक्ने, हामीभन्दा पृथक हुने हो भने अर्को गुटबाट जाने कांग्रेसलाई जिताउने हिसाबले जाने हो भने यो समीकरणलाई असफल बनाउने हो भने नागरिक उन्मुक्तिलाई पहिलो कार्यकाल दिन पनि सक्ने, अथवा नि:शुल्क सेवा पनि नाउपाको गर्नसक्ने भनेर मुख्यमन्त्रीको दाबी गर्ने कुरा थियो । एकीकृत समाजवादी अराजनीतिक निर्णय गर्‍यो । त्यो अवसरवादी चरित्र हो ।”

एमाले र एकीकृत समाजवादी दुवै केन्द्रीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारमा सत्ता साझेदार दलका रूपमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved