नयाँ वर्षदेखि ठमेल र दरबार मार्ग क्षेत्र चौबिसै घण्टा खुल्ने 

नेपालभ्युज

नयाँ वर्षदेखि ठमेल र दरबार मार्ग क्षेत्र चौबिसै घण्टा खुल्ने 

काठमाडौं । नयाँ वर्ष २०८१ देखि दरबारमार्ग र ठमेल क्षेत्र २४ सै घण्टा खुल्ने भएको छ । बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन हुने बताएका हुन् ।

गृहमन्त्रीको सक्रियतामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिता बमोजिम कानुनको परिधिभित्र रही दरबारमार्ग र ठमेल २४ सै घण्टा व्यवसाय संचालन गराउन चालेको कदम सकारात्मक भएको परिषद् र बोर्डले बताएको छ ।

यद्यपि ठमेल भगवान् बहाल क्षेत्र भित्रका व्यवसायीले २४ घण्टा व्यवसाय संचालन गराउन नपाउने ठमेल पर्यटन बोर्डले जनाएको छ । ठमेलको भगवान् बहालमा स्थानीयको बसोबास भएकाले १० बजेदेखि ६ बजेसम्म व्यवसाय सञ्चालन गर्न नसकिने ठमेल पर्यटन बोर्डका अध्यक्ष भविश्वर शर्माले बताए ।

शर्माले भने, ‘ठमेलको भगवानबाहालमा स्थानीयहरूले सुरक्षित महसुस नगरेसम्म त्यहाँ व्यवसाय सञ्चालन गर्नमा रोक लगाएका छौ । त्यसमा गृह मन्त्रालयले पनि स्वीकृति दिइसकेको छ । भगवान् बहाललाई केही समयपछि पूर्ण रूपमा २४ सै घण्टा सञ्चालनमा ल्याइने छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved