यो औंलामा कहिल्यै नलगाउनुस् सुनको औंठी

नेपालभ्युज

यो औंलामा कहिल्यै नलगाउनुस् सुनको औंठी

एजेन्सी । अत्यधिक महिला तथा पुरूषहरूलाई सुनको औंठीहरू लगाउन एकदमै मनपर्छ । यस्तोमा बिना सोंचेर सम्झिएर नै कुनै पनि औंलामा औंठी लगाउने गर्छन् ।

तर, के तपाईंलाई थाहा छ ? ज्योतिषशास्त्रमा सुनको औंठी लगाउनका लागि केही नियमहरू बनाइएको छ ।

यदी तपाईं पनि धार्मिक तथा ज्योतिषीय कुराहरूमा विश्वास राख्नुहुन्छ भने यहाँ बताइएका नियमहरूलाई पनि ध्यान दिनुहोला । आज हामी ज्योतिषशास्त्रअनुसार कुन औंलामा सुनको औंठी लगाउनु हुँदैन भनेर बताउनेछौं ।

सुनको धातुलाई स्वास्थ्य, समृद्धि र विकाससँग जोडेर हेर्ने गरिन्छ । यस्तोमा हातको औंलामा यसलाई धारण गर्नु शुभ मानिन्छ । तर, हरेक औंलामा सुनको औंठी भने लगाउनु हुँदैन ।

यदी कोही व्यक्तिले गलत औंलामा सुनको औंठी लगाउँछ भने उसको जीवनमा नराम्रो असर पर्न सक्छ । साथमा कुन्डलीमा दुष्प्रभाव पर्ने डर पनि रहन्छ ।

यस्तो मान्यता छ कि बीचको औंलामा सुनको औंठी लगाउनु हुँदैन । यसो गर्नु शुभ मानिँदैन । यदी कसैले बीचको औंलामा सुन औंठी लगाउँछ भने उसको जीवनमा नकारात्मक प्रभाव पर्न सक्छ ।

यस्तो पनि मान्यता छ कि बीचको औंलामा सुनको औंठी लगाउँदा व्यक्तिलाई धन तथा पैसाको अभावको सामना गर्नुपर्ने हुन सक्छ ।

यदी तपाईं पनि बीचको औंलामा सुनको औंठी लगाउन चाहनुहुन्छ भने यसले जीवनमा तनाव ल्याउन सक्छ । त्यसैले समयमै विचार गर्नुहोला ।

ज्योतिषका अनुसार सुनको औंठी रिंग फिङ्गर यानिकी साइली औंलामा लगाउनु एकदमै शुभ मानिन्छ । यसले व्यक्तिलाई शुभ फल प्राप्त हुन्छ । त्यसैले विवाहमा पनि उक्त औंलामै औंठी लगाइने चलन बनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved