निजी क्षेत्रसँग मिलेर सरकारले लगानी गर्न खोजिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

निजी क्षेत्रसँग मिलेर सरकारले लगानी गर्न खोजिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सन २०३० सम्म दिगो विकासको लक्ष्य भेट्टाउन सरकार र निजी क्षेत्र मिलेर लगानी गर्नु पर्ने बताएका छन् ।

उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै प्रचण्डले सन २०२६ मा विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुनका लागि समेत सरकार र निजी क्षेत्र मिलेर लगानी गर्नुको विकल्प नरहेको बताए ।

लगानीको वातावरण सुधार गर्नका लागि बैशाखमा लगानी सम्मेलन गर्न लागिएको उनको भनाई छ । लगानी सम्मेलनमार्फत स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षण गर्नकै लागि १२ वटा कानुन संशोधन गर्न लागेको पनि उनले सुनाए ।

प्रधानमन्त्री प्रचण्डले संसदबाट सम्भव नभए अध्यादेशमार्फत नै भए पनि कानुनी व्यवस्था सुधार गर्ने जानकारी दिए । उद्योगी व्यवसायीको मनोबल बढाउन र विदेशी लगानीकर्ताको सहजीकरणका लागि कानुनमा सुधार गर्न लागेको प्रचण्डले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved