राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज उम्मेदवारी दर्ता गरिँदै

नेपालभ्युज

राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज उम्मेदवारी दर्ता गरिँदै

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

राष्ट्रिय सभा उपाध्यक्षका भोलि निर्वाचन हुनेछ । संघीय संसद् सचिवालयका अनुसार मङ्गलबार बिहान ११ बजेर ४५ मिनेटदेखि १ बजेर ४५ मिनेटसम्म उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने छ ।

मनोनयन दर्ता कार्यक्रम नयाँबानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा हुने छ । संविधानले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुने गरी निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।

अध्यक्ष पुरुष रहेकाले संवैधानिक व्यवस्थाबमोजिम दलले उम्मेदवारी दिँदा उपाध्यक्ष पदमा महिला मात्रै उम्मेदवार हुने छन् । राष्ट्रिय सभामा हाल ५८ सदस्य छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved