सभामुखसहित शीर्ष नेताहरू बीच छलफल सुरु

नेपालभ्युज

सभामुखसहित शीर्ष नेताहरू बीच छलफल सुरु

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख चार दलका शीर्ष नेताहरूबीचको छलफल सुरु भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भर्खरै छलफल सुरु भएको हो ।

कांग्रेसको मागका विषयमा छलफल गर्न सभामुख घिमिरेले शीर्ष नेतालाई छलफलमा बोलाएका हुन् ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विषयमा संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएपछि सभामुखले संवादको पहल थालेका हुन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र रास्वपाका सभापति रवि लामिछानेलगायत सहभागी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved