‘अर्धवार्षिक समिक्षा गर्दा १० प्रतिशत बजेट र राजश्व घटाउनुपर्ने गरी बजेट ल्याउनु हुँदैन’

नेपालभ्युज

‘अर्धवार्षिक समिक्षा गर्दा १० प्रतिशत बजेट र राजश्व घटाउनुपर्ने गरी बजेट ल्याउनु हुँदैन’

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अर्धवार्षिक समिक्षामा १० प्रतिशत बजेट र राजश्व घटाउनुपर्ने बजेट नल्याउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिएका छन् ।

आईतवार नेपाल व्यवस्थापन संघ (म्यान) ले आयोजना गरेको प्रि बजेट छलफल कार्यक्रममा बोल्दै डा.खतिवडाले यस्तो सुझाव दिएका हुन्। उनले बजेटको साख जोगाउने गरी अनुमानयोग्य र विश्वनीय अनुमान गरी बजेट ल्याउन आवश्यक रहेको बताए। पूर्वअर्थमन्त्री खतिवडाले समष्टिगत आर्थिक परिसूचकलाई बढी अनुमान गरी त्यसको आधारमा बजेट नबनाउनु पर्नेमा जोड दिए ।

उनले यदि त्यो स्थिति आउँछ भने संसदमा पूरक बजेट पेश गरेर मात्रै लागू गर्नुपर्ने बताए । उनले संसदले पास गरेको विनियोजन ऐन,संसदले पास गरेको बजेटका आधारमा तय भएका राजश्वलाई ठूलो अनुपातमा घटाउँदै जाँदा कानूनको पद्धति, सरकार बजेटको सम्बन्ध र जनताको सामु बजेटको सार गिर्ने बताए । बजेटको सार र साँख नगिर्ने गरी यथार्थपरक बजेट निर्माण गर्नुपर्ने उनको सुझाव थियो ।

उनले बजेट अनुमान गर्दा चालु वर्षको आधारलाई यर्थाथ परक बनाउन नसके गत वर्षकै जस्तो हुने बताए । उनले गत वर्ष राजश्वलाई बजेटको आधार बनाउँदा अहिले अर्थमन्त्रीलाई समस्या भएको बताए ।

उनले भने,‘बजेटको साँख नगिराऔं । अनुमानयोग्य कुराहरुलाई मात्रै अनुमान राखौं । विश्वनीय कुरा मात्रै राखौं । यस्ता समिष्टगत आर्थिक परिसूचकलाई बढी अनुमान गरेर त्यसको आधारमा बजेट नबनाऔं । अर्धवार्षिक समिक्षामा १० प्रतिशत भन्दा बढीका हिसाबले कटौती गर्नु वा राजश्व घटाउनुपर्ने स्थितिमा नजाऔं ।’

उनले बजेटको आधार बलियो बनाउन सकिएन भने बजेट पनि ढल्नसक्ने दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved