३० वटा फिल्म अस्वीकार गरिसकेकी बलिउड अभिनेत्री

नेपालभ्युज

३० वटा फिल्म अस्वीकार गरिसकेकी बलिउड अभिनेत्री

एजेन्सी । बलिउड अभिनेत्री निम्रत कौर एकदमै रोजेर मात्र फिल्महरूमा काम गर्ने अभिनेत्रीमध्ये एकमा पर्दछिन् । निम्रत बलिउडमा आएको करीब २० वर्ष भइसकेको छ ।

निम्रतले ठूलो पर्दामा इरफान खान, अभिषेक बच्चन तथा अक्षय कुमार जस्ता अभिनेताहरूसँग रोमान्स गरिसकेकी छन् । लञ्चबक्स, दसवीं, एयरलिफ्ट जस्ता फिल्महरूका लागि निम्रत एकदमै चर्चित छन् ।

निम्रत बलिउडबाहेक हलिउडका फिल्महरूमा पनि क्रियाशील छन् । उनका बारेमा धेरै कमै मात्रलाई थाहा छ कि उनले करीब ३० वटा फिल्म गर्न अस्वीकार गरिसकेकी छन् । निम्रत स्वयम्ले यसबारेमा कुरा गरिसकेकी छन् ।

निम्रतले आफैँ भनेकी थिइन्, ‘लञ्चबक्स’ रिलीज भइसकेपछि उनले तीन वर्षसम्मम कुनै पनि फिल्म गरेकी थिइनन् । निम्रत अहिले ओटीटीकी सान बनिसकेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved