मेडिकल काउन्सिलको रिक्त सदस्यमा पूर्वप्रधानमन्त्री नेपाल पुत्रीसहित तीन जनाको नाम सिफारिस

नेपालभ्युज

मेडिकल काउन्सिलको रिक्त सदस्यमा पूर्वप्रधानमन्त्री नेपाल पुत्रीसहित तीन जनाको नाम सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल मेडिकल काउन्सिलमा रिक्त सदस्य पदमा तीन जनाको नाम सिफारिस गरेको छ ।

मन्त्रालयले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालकी छोरी डा. सुमन नेपालको नाम पनि सिफारिस भएको छ ।

यस्तै डा. रिकेशजंग कार्की र डा. मनोजमान श्रेष्ठलाई पनि काउन्सिलमा रिक्त सदस्य पदमा नियुक्तिका लागि सिफारिस गरी मन्त्रिपरिषदमा पठाएको छ ।

काउन्सिलको रिक्त थप एक सदस्यमा भने मन्त्रालयले कसैलाई सिफारिस गरेको छैन ।

नेपाल मेडिकल काउन्सिल ऐन २०२० दफा ४ मा काउन्सिलको समितिमा सरकारले मनोनित गर्ने, केही निर्वाचनबाटआउने र केही पदेन सदस्य बन्ने व्यवस्था छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved