गर्मीमा दैनिक कति अन्डा खानु सही हुन्छ ? जानौं

नेपालभ्युज

गर्मीमा दैनिक कति अन्डा खानु सही हुन्छ ? जानौं

एजेन्सी । गर्मी लागेसँगै मानिसको जीवनशैली तथा खानपानमा पनि परिवर्तन आउने गर्छ । कतिपय खानेकुरा जसरी जाडोमा खाइन्छ, त्यसरी नै गर्मीमा खानु हानिकारक हुन सक्छ ।

यस्तै, अन्डा पनि धेरैलाई गर्मीमा खाने कि नखाने वा कति खाने भन्ने विचार आउने सक्छ । त्यसैले आज हामी गर्मीमा अन्डाको सेवन गर्नेबारेमा बताउनेछौं ।

अन्डाभित्र थुप्रै पोषक तत्व पाइन्छन् । यसमा भिटामिन ए, भिटामिन बी१२, भिटामिन डी, प्रोटिन, क्याल्सियम, जिंक, फोलेट र फस्फोरस जस्ता पोषक तत्व  पाइन्छन् । यी सबै पोषक तत्व गर्मी वा जाडो दुवै समयमा शरीरका लागि आवश्यक पर्दछन् ।

अन्डामा भरपूर मात्रामा प्रोटिन हुन्छ जो स्वास्थ्यका लागि अत्यावश्यक हुन्छ । गर्मी मौसममा तपाईं आफ्नो शरीरको हिसाबले दैनिक एक वा दुई अन्डा खानुपर्दछ । यसले शरीरलाई कयौं समस्याबाट जोगाउँछ ।

गर्मीमा आवश्यकता भन्दा धेरै अन्डाको सेवन गर्दा भने शरीरमा नराम्रो असर पर्न सक्छ । किनकी अन्डाले शरीरमा गर्मी बढाउँछ । शरीरमा गर्मी बढ्दा तपाईंको अनुहारमा डन्डीफोर आउने, पेटमा एसिडिटी तथा पेट पोल्ने जस्ता समस्या हुन सक्छन् ।

गर्मीमा अन्डा धेरै सेवन गर्दा पाचनसम्बन्धी समस्या हुन सक्छन् । अन्डाले पेटमा गर्मी बढाउँछ जसले पेट दुख्ने, अपच, ग्यास तथा कब्जियत जस्ता समस्या हुन सक्छन् ।

गर्मीमा अत्यधिक अन्डाको सेवनले मिर्गौलामा पनि हानी पुग्न सक्छ । अन्डामा प्रोटिन धेरै हुने भएकाले मिर्गौलासँग जोडिएका विरामीले धेरै खानु हुँदैन । ।

त्यस्तै, अन्डाको पहेंलो भागमा कोलेस्ट्रोलको मात्रा पनि धेरै हुन्छ । यसको धेरै सेवनले कोलेस्ट्रोलको मात्रा पनि शरीरमा बढ्न सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved