अधिकांस पहाडी भेगमा वर्षा, पूर्व देखि सुदूरपश्चिम सम्मै आंशिक बदली

नेपालभ्युज

अधिकांस पहाडी भेगमा वर्षा, पूर्व देखि सुदूरपश्चिम सम्मै आंशिक बदली
सांकेतिक तस्वीर

काठमाडौं । आज देशभर आंशिक बदली हुनेछ । सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि समान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनो छ ।

आज राती कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली हुनेछ ।

कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थान तथा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षा(Light raining)को सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ डिग्री पुग्ने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved