सत्तापक्षकै सांसद आइनपुगेपछि बागमती प्रदेशसभा अनिश्‍चित

नेपालभ्युज

सत्तापक्षकै सांसद आइनपुगेपछि बागमती प्रदेशसभा अनिश्‍चित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका एक जना सांसद आइनपुगेपछि बागमती प्रदेशसभा बैठक अनिश्चित बनेको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने तयारीस्वरुप बोलाइएको बैठकमा एकीकृत समाजवादी सांसद रमा आलेमगर उपस्थित नभएकी हुन् ।

उनलाई कुर्दै बैठक अपराह्न चार बजेसम्मका लागि स्थगित भएको छ ।

सत्तापक्षको एक जनामात्रै सांसद अनुपस्थित रहे मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत पाउने अवस्था छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved