चीनले आफ्ना सांसद र मतदाताको तथ्याङ्क चोर्न खोजेको बेलायतको आरोप

नेपालभ्युज

चीनले आफ्ना सांसद र मतदाताको तथ्याङ्क चोर्न खोजेको बेलायतको आरोप
बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडेन

काठमाडौं । बेलायत(UK) ले आफ्नो देशका सांसद र निर्वाचन आयोगविरूद्ध चीन (China)ले ‘दुर्भावपूर्ण’ साइबर अभियान चलाएको आरोप लगाएको छ ।

बेलायतले साइबर आक्रमणको आरोपमा दुई व्यक्ति र एक कम्पनीमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

बेलायती उपप्रधानमन्त्री ओलिभर डाउडेनले चिनियाँ ह्याकरले बेइजिङको आलोचना गर्ने सांसद र ४ करोड मतदाताको तथ्याङ्क प्राप्त गर्ने प्रयास भइरहेको आरोप लगाए ।

तर, बेलायतस्थित चिनियाँ दूतावासले यी आरोपहरूलाई ‘निराधार’ भनेको छ ।

प्रतिबन्ध लगाइएका दुई चिनियाँ नागरिक झाओ गुआन्जाउ र नि गुओबिन हुन्।

साथै, वुहान जियोरिजी विज्ञान तथा प्रविधि कम्पनी लिमिटेडलाई प्रतिबन्ध लगाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved