उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ नेता वाङबिच भेटघाट

नेपालभ्युज

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ नेता वाङबिच भेटघाट

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र राजनीति ब्युरो स्थायी समिति सदस्य वाङ हुनिङबिच भेटवार्ता भएको छ । चिनियाँ विदेश मन्त्री वाङ यीको निमन्त्रणमा आइतबार चीन पुगेका उपप्रधानमन्त्री श्रेष्ठले सोमबार स्थायी समिति सदस्य वाङसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा दुई देशबिचको सम्बन्धका बारेमा छलफल  भएको बताइएको छ । मन्त्रालयका अनुसार दुई देशबिचको सम्बन्ध उत्कृष्ट रहेको भन्दै दुवै जनाले खुसी व्यक्त गरेका थिए। दुई देशको आर्थिक विकास र समृद्धि विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयले जनाएको छ ।

नौ दिन लामो चीन भ्रमणको क्रममा श्रेष्ठले चीनका विदेश मन्त्री वाङसँग भेटघाट गर्नुको साथै चिनियाँ कम्युनिस्ट पार्टीका उच्च स्तरीय नेताहरूसँग समेत छलफल गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved