प्रधानमन्त्रीकै मान्छे भएपनि रास्वपाले गलत गर्नेलाई छोड्दैन : स्वर्णिम वाग्ले

नेपालभ्युज

प्रधानमन्त्रीकै मान्छे भएपनि रास्वपाले गलत गर्नेलाई छोड्दैन : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले रास्वपा नेपाली राजनीतिको लोकतान्त्रिक मुल प्रवाहमा आइसकेको दाबी गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले आफूहरु नेपाली राजनीतिमा स्थापित भइसकेको बताए । उनले पछिल्लो पटक सरकारमा सहभागी भइसकेपछि रास्वपाबाट सरकारमा गएका मन्त्रीहरुले फिल्मको ट्रेलर शुरु गरिसकेको पनि बताए ।

उनले उपप्रधान एवं गृहमन्त्री रवि लामछिानेले गरेको कामहरु महत्वपूर्ण रहेको बताए । उनले रास्वपाबाट सरकारमा गएका मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहालका मित्र एवं सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको भन्दै रास्वपाले भ्रष्टाचारीहरुलाई नछोड्ने संकेत दिएको उल्लेख गरे । उनले आरती साहको मुद्दालाई टुंगोमा पुर्‍याउने प्रक्रिया शुरु भएको, सरकारले पन्छ्याएको आयोगहरु पुनः सक्रिय बनउने काम शुरु गरेको, मिटरब्याज पीडितहरुदेखि सहकारीको समस्या समाधानका लागि आवश्यक काम अघि बढाएको पनि बताए ।

उपसभापति वाग्लेले रास्वपा अभिमन्युझैँ चक्रभित्र पस्न मात्रै जान्ने र निस्किन नजान्ने नभइ चक्र भित्र बसेर पनि निस्किने रोडम्याप आफूहरुसँग रहेको बताए । उनले नीतिगत भ्रष्टाचार, ठेक्कापट्टामा भाग खोज्ने कुरामा पार्टी जोगिनुपर्ने बताए  ।

उनले जनताले एकैदिन पनि औंला ठड्याउने काम गर्नु नहुने बताए । उनले इलामको उपनिर्वाचनमा रास्वपाले जितेको खण्डमा त्यसले २०८४ को लागि उत्साहको मार्ग प्रशस्त गर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved