मानिसको व्यक्तित्वले पनि बताउँछ मानसिक स्वास्थ्य

नेपालभ्युज

मानिसको व्यक्तित्वले पनि बताउँछ मानसिक स्वास्थ्य

एजेन्सी । मानिसको व्यक्तित्वले उसको मानसिक स्वास्थ्य पनि प्रभावित हुने गर्छ । आज हामी तपाईंलाई बताउनेछौं कि व्यक्तिको मानसिक स्वास्थ्यमा उसको व्यक्तित्वको के असर पर्दछ ?

जो व्यक्ति आशावादी र सकारात्मक व्यक्तित्व भएका हुन्छन्, उनीहरूमा तनाव कम हुन्छ । यस्ता व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता पनि धेरै हुन्छ । साथमा यस्ता व्यक्तिहरू लामो जीवन जिउँछन् ।

बहिर्मूखी व्यक्तित्व भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य अन्तरमूखी व्यक्तिहरूको भन्दा राम्रो हुन्छ किनकी एक्लोपन कैयौं मानसिक बिमारीहरूको कारण हुन्छ ।
जो व्यक्तिहरू प्रतिकूल परिस्थितिहरूमा डराउनुको साटो त्यहाँ डटेर सामना गर्छन् त्यस्ता व्यक्तिहरू जस्तो पनि परिस्थितिमा अगाडि बढ्न सक्छन् । उनीहरूमा मानसिक स्वास्थ्यमा कुनै प्रकारको समस्या हुँदैन ।

जो व्यक्तिको जीवनमा एउटा लक्ष्य हुन्छ, त्यस्ता व्यक्ति पनि मानसिक बिमारीहरूको शिकार हुँदैनन् । त्यहीँ अर्कोतर्फ जो व्यक्तिहरू आफ्नो जीवनलाई बोझ सम्झिएर जिउने गर्छन् त्यस्ता व्यक्तिहरूमा प्रायः मानसिक समस्या हुने गर्छ ।

यदी तपाईंको मनमा पनि एकदमै धेरै नकारात्मक विचारहरू आउँछन् भने बेलैमा सतर्क हुनुहोस् । किनकी नकारात्मक सोंचले मानसिक स्वास्थ्यसँग जोडिएका समस्याहरूलाई जन्म दिन्छ ।

जो व्यक्तिले हरेक चीजमा कमी निकाल्ने गर्छ त्यस्ता व्यक्तिको तुलनामा जो व्यक्तिले हरेक सानो ठूलो कामको लागि कृतज्ञता व्यक्त गर्छन् अरूप्रति सहानुभूति राख्छन् त्यस्ता व्यक्तिहरूको मानसिक स्वास्थ्य एकदमै राम्रो हुने गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved