कमेडी च्याम्पियनको टिम चढेको कार दुर्घटना

नेपालभ्युज

कमेडी च्याम्पियनको टिम चढेको कार दुर्घटना

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टिम चढेको कार दुर्घटना भएको छ ।  उनीहरु सवार बा–१–०२६ क ०३५९ नम्बरको कार प्रदेश ३ ०१ –००३ –प ६२९८ नम्बरको टिपरसँग ठोक्किएर दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

भक्तपुरको जगाती नजिक सडकमा भएको उक्त दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेमा निर्देशक विशाल भण्डारी, पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

दुर्घटनालगतै  उनीहरुलाई मध्यपुर ठिमी अस्पतालमा लगिएको थियो ।  अस्पतालमा   उपचाररत एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।  निर्देशक भण्डारी र पूजन अधिकारी भने डिस्चार्ज भएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved