प्रचण्ड-ओलीबीच वान् अन वान् भेटवार्ता, के भयो कुराकानी ?

नेपालभ्युज

प्रचण्ड-ओलीबीच वान् अन वान् भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा वान् अन वान् भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटमा सरकारका नीति तथा कार्यक्रम, सङ्क्रमणकालीन न्यायलगायतका विषयमा छलफल भएको छ । यस्तै प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चामा सामेल हुनका लागि ओलीलाई आग्रह गरेका छन् ।

यसअघि बिहान बसेको समाजवादी मोर्चाको बैठकले मोर्चामा एमालेलाई पनि सहभागी गराउनुपर्ने निष्कर्ष निकालेको थियो । बैठकले एमालेसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई दिएको थियो ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले ओलीलाई प्रस्ताव गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved