एट्लेटिकोमाथि बार्साको शानदार जित

नेपालभ्युज

एट्लेटिकोमाथि बार्साको शानदार जित

काठमाडौं । एट्लेटिको मड्रिडमाथि शानदार जित हासिल गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एट्लेटिकोलाई ३-० ले हराएको हो ।

३८ औँ मिनेटमा जोआओ फेलिक्सले बार्सिलोनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै रोबर्ट लेवान्डोस्कीले टोलीको अग्रता दोब्बर बनाए । ६५ औँ मिनेटमा फर्मिन लोपेजले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे ।

जितपछि जिरोनालाई उछिन्दै बार्सिलोना तालिकाको दोस्रो स्थानमा पुगेको छ । २९ खेलबाट बार्साको ६४ अंक भएको छ । बार्सा शीर्ष स्थानमा रहेको रियल मड्रिडभन्दा ८ अंकले पछि छ । एट्लेटिको भने ५५ अंकसहित लिगको पाँचौँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved