भ्रष्टाचारका विषयमा जनमतका अध्यक्ष डा.राउतको कडा व्यङ्ग

नेपालभ्युज

भ्रष्टाचारका विषयमा जनमतका अध्यक्ष डा.राउतको कडा व्यङ्ग

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मुलुकमा व्याप्त भ्रष्टाचारमाथि कडा व्यङ्ग गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा बाल कविताको लयमा भ्रष्टाचार र बेथितीमा भइरहेका विषयलाई उजागर गरेका हुन् ।

डा. राउतले अर्थमन्त्रालयदेखि कर्मचारी तन्त्रसम्म हुने अनियमिततालाई कविता मार्फत उदाङ्गो पारेका छन् । सत्ता समिकरण फेरिएसँग प्रतिपक्षी बेञ्चमा आइपुगेका राउत पछिल्लो समय सरकारका गतिविधिमाथि आलोचना गर्दै आएका छन् ।

यसअघि उनले एउटा टेलिभिजन अन्तर्वातामा दलहरुको लोकतान्त्रिक आचरणका विषयमा टिप्पणी गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved