मृत्यु भैसकेका व्यक्तिको वृद्धभत्ता लिने तत्कालीन वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

मृत्यु भैसकेका व्यक्तिको वृद्धभत्ता लिने तत्कालीन वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको शारदा नगरपालिका वडा नं. ३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

थापाले मृत्यु भैसकेको मानिसको नाममा वृद्धभत्ता बुझेर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा बुधबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

मृत्यु भैसकेका व्यक्ति आफ्नो आमा भएको जनाउँदै ५१ हजार रुपैयाँ भ्रष्टाचार गरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।

थापाविरुद्ध जरिवाना र कैद सजाय माग गरिएको आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved