अब भारतीयले नेपालमा क्यूआरबाट पैसा भुक्तानी गर्न पाउने

नेपालभ्युज

अब भारतीयले नेपालमा क्यूआरबाट पैसा भुक्तानी गर्न पाउने

काठमाडौं । अब नेपालमा आउने भारतीयहरूले क्यूआरबाट पैसा तिर्न पाउने भएका छन् ।  भारतको यूपीआई प्रयोग गरिरहेका भारतीयहरूले नेपालको फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न पाउने सुविधा ल्याइएको हो ।

भारतको पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (यूपीसीआई) अन्तर्गतको अन्तर्राष्ट्रिय भुक्तानी सेवा दिने कम्पनी एनआईपीएल र नेपालको फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सेवा शुक्रबारबाट सुरू भएको हो ।

उनीहरुले युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत नेपाल–भारत क्रसबोर्डर कारोबार सुरू भएको जानकारी गराएका हुन् ।

यूपीआई प्रयोगकर्ता भारतीयले नेपालका पसल, होटेल, रेष्टुराँलगायत फोन पेमा आबद्ध व्यवसायीलाई क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने भएका छन् ।

भारतको मुम्बईमा गत सेप्टेम्बरमा नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा यूपीआईमार्फत क्रसबोर्डर भुक्तानीमा सहकार्य गर्न एनआईपीएल र फोन पेबीच सहमति भएको थियो ।

सोही सहमतिअन्तर्गत भारतीय पर्यटक तथा आगन्तुकले नेपालमा क्युआर कोडमा आधारित पर्सन–टु–मर्चेन्ट (पीटूएम) भुक्तानी सञ्चालनमा लाइएको दुई कम्पनीले जनाएका छन् ।

नेपालको फोन पेसँगको सहकार्यमा क्रसबोर्डर भुक्तानी सुरू हुँदा त्यसले दुई मुलुकबीचको व्यापार तथा सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने एनआईपीएलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved