इङ्लिस प्रिमियर लिग फूटबलमा लिभरपुलको संघर्षपूर्ण जीत

नेपालभ्युज

इङ्लिस प्रिमियर लिग फूटबलमा लिभरपुलको संघर्षपूर्ण जीत

काठमाडौं । इङ्लिस प्रिमियर लिग फूटबलमा लिभरपुलले संघर्षपूर्ण जीत निकालेको छ ।

उपाधि होडमा रहेको लिभरपुलले गएराति भएको खेलमा नटिंघम फोरेस्टलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलले अतिरिक्त समयको पनि अन्तिम समयमा गोल गरेर कठिन जीत सुरक्षित गरेको छ । निर्धारित ९० मिनेटको खेल गोलरहित भएपछि अतिरिक्त समयको नवौं मिनेटमा लिभरपुलका लागि डार्विन नुनेजले गोल गर्दै लिभरपुलको जीत पक्का गराए ।

जीतपछि शीर्ष स्थानको लिभरपुलले २७ खेलबाट ६३ अंक जोडेको छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटी लिभरपुल भन्दा चार अंकले पछि छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved