अदानचुली गाउँपालिकाका उप-प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

अदानचुली गाउँपालिकाका उप-प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका उप-प्रमुख सौमति रावल ऐडीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आदनचुली-३ स्थित ढकनीकुनादेखी मुढेघट्टसम्म सिँचाई योजानामा अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत निर्माण कार्य गरी गराई, झुट्टा नापी किताब, उपभोक्ता समिति सम्बन्धि बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी गराई सोही झुट्टा बिल भरपाई र कागजातको आधारमा वास्तविक फिल्डमा भएको कामभन्दा बढी भुक्तानी गरी अनियमितता गरिएको आरोप पत्रमा उल्लेख छ ।

आरोप पत्रमा गाउँपालिकाका उप-प्रमुख सौमति ऐडी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिल प्रसाद पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सव-इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपाली, वडा नं. ३ का वडाध्यक्ष दत्त विष्ट, अनुगमन समिति सदस्यहरु मान बहादुर टमटा भन्ने मान्या टमटा र धनसरा टमटा तथा उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सिर्जना बुमीलाई प्रतिवादी बनाइएको छ ।

साथै, उनीहरुविरुद्ध ४२ लाख २९ हजार ३ सय ५८ रुपैयाँ बिगोसहित सजाय माग गरिएको आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved