विदेशी लगानीकर्ता ल्याउन गैरआवासीय नेपालीलाई सहभागिता गराउन सक्नुपर्छ : अध्यक्ष केसी

नेपालभ्युज

विदेशी लगानीकर्ता ल्याउन गैरआवासीय नेपालीलाई सहभागिता गराउन सक्नुपर्छ : अध्यक्ष केसी

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीहरुलाई लगानीकर्ता ल्याउने पुलको रुपमा प्रयोग गर्न सक्नुपर्ने बताएका छन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष केसीले गैरआवासीय नेपाली र संस्थाहरुलाई लगानी सम्मेलनमा लगानीकर्ता ल्याउने सकारात्मक माध्यमको रुपमा सरकारले सोच्नुपर्ने बताएका हुन् ।

केसीले सरकारले गर्ने आगामी लगानी सम्मेलन सफल बनाउन विश्वका विभिन्न देशमा बसोबास गर्ने ८० लाख नेपालीसँग समन्वय गर्न आवश्यक रहेको धारणा राखे ।

उनले अन्य मुलुकहरुको अभ्यास हेर्दा पनि मुलुकभित्र लगानी ल्याउने व्यक्तिहरु त्यही देशमा रहेका गैरआवासीयहरु नै हुने गरेको दाबी गरे ।

नेपालबाट गैरआवासीय भएर बसेका धेरै नेपालीहरु व्यवसायी र लगानीकर्ता बनिसकेको अवस्था रहेको उनको भनाई छ ।

अध्यक्ष डा.के.सीले सरकारले आगामी बैंशाख १६ र १७ गते गर्न लागेको लगानी सम्मेलनअघि गैरआवासीय नेपालीहरुसँग समन्वय गर्न सुझाव दिए । उनले नेपालले निर्माण तथा उत्पादनका लागि लगानीकर्ताले विदेशबाटै प्रविधि ल्याउनसक्ने गरी प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) गर्न आवश्यक रहेको बताए ।

अध्यक्ष केसीका लगानी सम्मेलनअघि गर्नुपर्ने पाँच सुझाव-

१. धेरै देशहरुसँग नेपालको विदेशी लगानीमा निर्माण तथा उत्पादनका लागि लगानीकर्ताले विदेशबाटै प्रविधि ल्याउन गरिने प्रविधि हस्तान्तरण सम्झौता (टीटीए)सम्झौता छैन । जुन जुन देशबाट लगानीकर्ता आउने ठूलो सम्भावना छ । ती देशरुसँग टीटीइ सम्झौता गर्नुपर्छ । नेपालले ठूलो लगानीको कुरा गर्दा द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण (बिपा) सम्झौता गर्नुपर्छ । टीटीए र बिपा दुई सम्झौता वैदेशिक लगानीको लागि फण्डामेन्टल विषय हो । जुन लगानीको लागि आवश्यक छ । यी दुवै गराउनुपर्छ ।

२. नेपालमा अहिले जुन लगानी भइरहेको छ । धेरै लगानी अन्तर्राष्ट्रिय दातृ निकायहरुले ग्राण्डको रुपमा दिएको छ । नेपालमा गुणस्तरीय वैदेशिक लगानीकर्ता आएको अवस्था छैन । देशमा लगानी गरेर मुनाफा आउँछ की आउँदैन । देशको लगानीको वातावरण के छ भन्ने कुरा देशको लगानी रेट्रिङ हुनुपर्छ । जुन अहिलेसम्म भएको छ्रैन । ठूला कम्पनीले लगानी गर्न चाहँदा लगानीमा नेपालको रट्रिङ के छ भनेर हेर्छन । त्यसैले अनिर्वाय रुपमा कन्ट्रि रेट्रिङ गराउनुपर्छ ।

३. नेपालमा अहिलेसम्म जति पनि ठूला साना आयोजनाहरु छन् । ती आयोजनाहरुलाई हाइलाइट गरेर नेपालमा मात्रै लगानी सम्मेलन गर्ने होइन । यस्ता खालका अन्य लगानी सम्मेलनहरुमा नेपालले भाग लिनुपर्छ । अन्य अन्तर्राष्ट्रिय सम्मेलनहरुमा सहभागिता जनाउनुपर्छ ।

४. अन्य मुलुकहरुको अभ्यास हेर्दा पनि लगानी ल्याउने व्यक्तिहरु त्यही देशमा रहेका गैरआवासीयहरु हुन्छन् । ८० लाख नेपालीहरु विश्वका विभिन्न देशमा बसोवास गर्छन् । तीमध्ये धेरै व्यवसायी र लगानीकर्ता बनिसकेका छन् । उनीहरु र गैरआवासीय संस्था लगानीकर्ता ल्याउने पुल हुनसक्छ । त्यसको सरकारले सकारात्मक रुपमा प्रयोग गर्नुपर्छ ।

५. नेपाल सरकारले आफूसँग भएका आयोजनाहरु र उत्पादनलाई प्रचारमा बाहिर ल्याउन सकेको छैन । जुन लगानी सम्मेलन भनेको दुई चार वर्षमा मेला गरे जस्तो नभएर हरेक वर्ष गर्नुपर्छ । संघ,प्रदेश र स्थानीय सरकारले समेत लगानी सम्मेलन गर्नुपर्छ । लगानी सधैँ विदेशीहरुले मात्रै आएर गरिदिने होइन । मुलुकभित्रकै लगानीकर्ताले लगानीको सम्भावना देखेको हुन्छ । यस्ता कुराहरुमा सरकारले खाल गर्दा लगानी सम्मेलन सफल हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved