मोरङमा ट्रक पल्टिँदा जुम्ल्याहा छोराछोरीसहित तीन जनाको मृत्यु

नेपालभ्युज

मोरङमा ट्रक पल्टिँदा जुम्ल्याहा छोराछोरीसहित तीन जनाको मृत्यु

काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिकामा ट्रक पल्टिँदा च्यापिएर तीन बालबालिकाको मृत्यु भएको छ ।

बुढीगंगा-४ प्रगती टोलमा मार्बल बोकेको आर.जे.२९ जी.बी.१५६१ नम्बरको भारतीय ट्रक पल्टिँदा एकै परिवारको दुई बालकसहित अर्का एक जनाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जन दाहालले जानकारी दिए ।

मृत्यु हुनेमा ज्योती अधिकारीको ४ वर्षीया इसिता अधिकारी र छोरा निशान्त अधिकारी छन् । उनीहरु जुम्ल्याहा छोराछोरी हुन् । घटनामा सन्जु खवासको ८ वर्षीया छोरी रिहाको पनि मृत्यु भएको छ।

घटनामा ज्योती अधिकारी र सन्जु खवास घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको डीएसपी रञ्जन दाहालले जानकारी दिए ।

आँगनमा सुतिरहेको बेला ट्रक पल्टिएपछि खसेको ठूलो ढुंगाले उनीहरूलाई किच्चिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved