प्रदीप यादवको प्रश्न : जिबी राईलाई किन पक्राउ गरिएन ?

नेपालभ्युज

प्रदीप यादवको प्रश्न : जिबी राईलाई किन पक्राउ गरिएन ?

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सहकारी ठगि प्रकरणमा संलग्न व्यक्ति जिबी राई लगायतलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद यादवले राईको संलग्नता रहेको विरगञ्जको सानो पाइला वचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३५ करोड रुपैयाँ बचत लिएर भागेको बताए ।

उनले वीरगञ्जवासीले प्रहरीमा उजुरी दिएपनि हालसम्म छानविन अगाडी नबढेको बताए ।

राईले विना धितो वीरगञ्ज बाहिरका ७५ जनालाई ९४ करोड रुपैयाँ दिएको यादवको भनाई छ । उनले हालसम्म प्रहरीले जिवि राई लगायतलाई किन पक्राउ गरिएन भनेर प्रश्न समेत गरे ।

राई लगायत सहकारी संस्थामा संलग्न सबैलाई कारबाही गर्नुपर्ने यादवले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved