संसद्‌मा फेरि मागियो मन्त्री ज्वालाको राजीनामा

नेपालभ्युज

संसद्‌मा फेरि मागियो मन्त्री ज्वालाको राजीनामा

काठमाडौं । संसद्‌मा फेरि भौतिक पूर्वधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद अमरेशकुमार सिंहले मन्त्री ज्वालाको राजीनामा माग गरेका हुन् ।

“प्रतिवदेन आयो, अब मन्त्रीले राजीनामा दिनुपर्दैन,” उनले सोधे ।

छानबिन गर्न बनेको समितिको प्रतिवदेनमा २ जनाको ज्यान जानेगरी भएको बालकुमारी घटनामा मन्त्री ज्वाला नै जिम्मेवार रहेको निष्कर्ष निकालेको थियो ।

यस्तै सांसद सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोराको बिहेको सन्दर्भ जोड्दै नियम-कानून सबैका लागि भएको बताए ।

सामाजिक व्यवहार सुधार ऐन २०३३ को दफा ८ मा बिहे-भोजमा ५१ जनाभन्दा बढी बोलाउँदा नियम-कानूनको उल्लङ्घन हुने औंल्याउँदै उनले सोधे,”के नियम-कानून भनेको साना-तिना र सर्वसाधारणका लागि मात्रै हो ?”

नियमको उल्लङ्घन गर्नेलाई २० हजारसम्म जरिवाना तथा १५ दिनसम्म थुनामा राख्नुपर्ने उल्लेख गर्दै उनले कारबाहीको मागसमेत गरे ।

‘बालकुमारी घटनाको दोषीलाई चाँडै कारबाही हुनुपर्‍यो’

अर्की सांसद डा. चन्दा कार्की भण्डारीले पनि बालकुमारी घटनाको दोषीलाई कारबाही गर्नुपर्ने बताइन् ।

“आयोगले एक किसिमको निष्कर्ष निकालेको छ । दुई/तीन दिनअगाडि मात्रै प्रधानमन्त्रीले हेरेर कारबाही गर्छु भन्नुभएको छ । तर, केही भएन । यसमा हामीलाई दु:ख छ,” उनले भने ।

दोषीमाथि कारबाही हुनुपर्ने माग गर्दै उनले मन्त्री ज्वालाको राजीनामासमेत मागे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved