कार्यभार सम्हाल्दै उपकुलपति बरालले भने- शैक्षिक क्यालेण्डर कार्यान्वयन पहिलो प्राथमिकता

नेपालभ्युज

कार्यभार सम्हाल्दै उपकुलपति बरालले भने- शैक्षिक क्यालेण्डर कार्यान्वयन पहिलो प्राथमिकता

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजंग बरालले पदबहाली गरेका छन् । बिहबार साँझ कीर्तिपुरस्थित विश्वविद्यालय कार्यालयमा पुगेर उनले कार्यभार सम्हालेका हुन् ।

पदबहालीपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपकुलपति प्राडा बरालले आफ्नो पहिलो प्राथमिकता विश्वविद्यालयको वार्षिक शैक्षिक ‘क्यालेण्डर’ कार्यान्वयन गर्नु रहेको बताए ।

“त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था हो । यहाँ धेरै काम गर्नुपर्नेछ”, उनले भने । शैक्षिक क्यालेण्डर कार्यान्वयन तथा समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई प्राथमिकता दिइने उपकुलपति प्राडा बरालले बताए ।

विश्वविद्यालयको पाठ्यक्रम अद्यावधिक गर्ने आफनो योजनामा रहेको उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved