क्यानडा ११ विरुद्धको पहिलो ३ विकेट शाहब आलमको नाममा, शेरले लिए चौथो विकेट

नेपालभ्युज

क्यानडा ११ विरुद्धको पहिलो ३ विकेट शाहब आलमको नाममा, शेरले लिए चौथो विकेट

काठमाडौं। क्यानडा- ११ विरुद्ध नेपाल ‘ए’का लागि शाहब आलमले पहिलो ३ विकेट लिएका छन्।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि आलमले दिप्रित बाजवालाई आउट गर्दै नेपालका लागि तेस्रो विकेट लिएका हुन्।

आलमले १०.५ ओभरमा दिलप्रित बाजवालाई आउट गरे। आलमले ४.६ ओभरमा श्रीमन्था विजयरत्ने, ८.३ ओभरमा आरोन जोनसनलाई आउट गरे।

क्यानडा ११ ले १३.२ ओभरमा ४ विकेटको क्षतिमा ७० रन बनाएको छ। यस्तै, १३.२ ओभरमा शेर मल्लले हर्श थाकेरलाई २ रनमा आउट गरे।

नेपालले दिएको १८२ रनको लक्ष्यमा क्यानडा ११ ले जवाफी ब्याटिङ गरिरहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved