कांग्रेस महासमिति बैठकमा आजदेखि विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल गरिदै

नेपालभ्युज

कांग्रेस महासमिति बैठकमा आजदेखि विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल गरिदै

काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा आजदेखि बन्द सत्रमा पेश भएका प्रतिवेदमाथि समूहगत छलफल हुँदैछ । लामो रस्साकस्सीपछि महासमिति बैठकमा हिजो ५ वटा प्रतिवेदन पेश भएका छन् ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रवक्ता प्रकाशशरण महत र लेखा समितिका संयोजक श्याम घिमिरेले प्रस्तुत गरेको प्रतिवेदनमा चार समूह बनाएर छलफल गरिने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

बन्दसत्र विहान ८ बजे सुरु हुनेछ । चुनावमा अरु दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने बहसले नेपाली कांग्रेसको महासमिति बैठकलाई नै फरक मोडमा पु¥याइदिएको छ । विवाद मिलाउन बन्द सत्र नै रोकेर बोलाइएको पदाधिकारी बैठकको बीचबाटै सभापति शेरबहादुर देउवा सत्तारुढ गठबन्धनका दलका नेतालाई भेट्न जानुले पनि कांग्रेस भित्र तरङ्ग उत्पन्न गरिदिएको छ ।

देउवा आन्तरिक बैठक छोडेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न राति नै बालुवाटार पुगे । बालुवाटार पुगेर देउवाले पार्टीको प्रतिवेदन र छलफलले गठबन्धनमा कुनै असर नपार्ने आश्वासन दिएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved