मन्त्रीलाई दोषी औँल्याइएको बालकुमारी घटनाको प्रतिवेदनबारे शीर्ष नेताबीच छलफल

नेपालभ्युज

मन्त्रीलाई दोषी औँल्याइएको बालकुमारी घटनाको प्रतिवेदनबारे शीर्ष नेताबीच छलफल

काठमाडौं । दुई जनाको मृत्यु हुने गरी भएको बालकुमारी घटनाको प्रतिवेदनबारे सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको छ । मन्त्रीलाई राजीनामा गराउने वा नगराउने भन्ने बारेमा छलफल भएको हो ।

प्रतिवेदन अध्ययन गरेर एउटा निचोडमा पु¥याउने दलहरूबीच सहमति भएको नेताहरू बताउँछन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पनि दोषी देखाएपछि उच्च राजनीतिक वृत्तमा प्रतिवेदनमाथि छलफल शुरु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ छलफल भएको हो । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए ।

देउवा, पार्टी उपसभापतिसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित बालुवाटार पुगेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved