शर्मिलाले छोडेको फिल्मबाट हिट भएकी थिइन् तनुजा

नेपालभ्युज

शर्मिलाले छोडेको फिल्मबाट हिट भएकी थिइन् तनुजा

एजेन्सी । चर्चित अभिनेत्री काजोलकी आमा तनुजा अब फिल्महरु खेल्न छोडिसकेकी छन् । तर, एउटा समय थियो जब तनुजा बलिउडमा एकदमै चर्चित थिइन् ।

फिल्मका निर्देशक तथा निर्माताहरु तनुजाको घर बाहिर लाइन लागेर उभिने गर्थे । तनुजा  सन् १९६० देखि ७० को दशककी एकदमै धेरै डिमांडिग अभिनेत्रीमा पर्दथिन् । तर, धेरै कम व्यक्तिले जान्छन् उनी कुन फिल्मबाट एकदमै चर्चामा आएकी थिइन् ।

उनी त्यो फिल्मबाट चर्चामा आएकी थिइन् जो फिल्मलाई शर्मिला टैगोरले गर्न मानेकी थिइनन् । शर्मिलाले “हाथी मेरे साथी” फिल्मलाई गर्न अस्वीकार गरेकी थिइन् । पछि गएर उक्त फिल्ममा राजेश खन्नासँग तनुजाको जोडी एकदमै हिट भएको थियो । “हाथी मेरे साथी” फिल्म सन् १९७२ को ब्लकबस्टर फिल्म थियो ।

उक्त फिल्मबाट चर्चा पाएकी तनुजाका लागि पछि निर्देशक र निर्माताहरु आफैं आउन थाले । उनीसँगैका अभिनेत्री तथा अभिनेताहरु उमेरसँगै चरित्र भूमिका देखिए पनि उनी भने बलिउडबाट टाढा छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved