‘अफ्रिकन स्वाइन फिभर’बाट गण्डकीमा साढे १६ हजार बंगुर मरे

नेपालभ्युज

‘अफ्रिकन स्वाइन फिभर’बाट गण्डकीमा साढे १६ हजार बंगुर मरे

काठमाडौं । गण्डकी प्रदेशमा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणबाट डेढ वर्षमा साढे १६ हजार बंगुर मरेका छन् ।

सोमबार मिडिया ब्रिफिङ गर्दै तथ्यांक पशु सेवा निर्देशनालयले २०७९ साउन अन्तिमदेखि हालसम्म १६ हजार ५ सय ४५ बंगुर मरेको जानकारी दिएको हो ।

सबैभन्दा धेरै कास्कीमा १५ हजार ३ सय ३८ वटा मरेका छन् ।

निर्देशनालयका अनुसार यसबाट झण्डै ५० करोड बराबरको नोक्सान भएको छ ।

रोगविरुद्ध हालसम्म कुनै भ्याक्सिन नबनेकाले सङ्क्रमण नफैलिएका अन्य पालिकामा पनि किसानलाई सतर्कता अपनाउन लगाइएको छ ।

उक्त रोगका कारण बंगुरमा उच्च ज्वरो आउने, खान मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्नेजस्ता लक्षण देखापर्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved