भ्रष्टाचार नियन्त्रणमा सरकार आयोगको साथमा छ : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

भ्रष्टाचार नियन्त्रणमा सरकार आयोगको साथमा छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारले पूर्ण समर्थन र सहयोग गर्ने बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोगले अहिलेसम्म गरेका कार्य प्रशंसनीय रहेको उल्लेख गरे ।

विभिन्न कालखण्डमा भएका सबै साना–ठूला घटनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भने, “माथिल्लो तहदेखि तल्लो तहसम्म गलत कार्य गर्ने, भ्रष्टाचार गर्ने जो कोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ र यस्ता कार्यमा सरकारले आयोगलाई हस्तक्षेप गर्दैन ।”

सुशासन प्रवर्द्धनमा आयोगले पु¥याएको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्धको लडाइँमा आयोग थप अडिग र प्रतिबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

भ्रष्टाचार नियन्त्रणका लागि आयोग र आयोगजस्ता भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई कानुनी, प्रशासनिक र आर्थिक रूपले सबल बनाउन सरकारले आफ्ना नीति, कार्यक्रम तथा बजेटलाई समेत केन्द्रित गरेको प्रधानमन्त्रीले जानकारी दिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved