टुँडिखेलमा सोनाम ल्होसारको रौनक (फोटो फिचर)

टुँडिखेलमा सोनाम ल्होसारको रौनक (फोटो फिचर)

काठमाडौं । शनिबार देशभर  तामाङ समुदायले विविध कार्यक्रमको आयोजना गर्दै सोनाम ल्होसार पर्व मनाउँदै छन् । आजको दिन तामाङ समुदायको नयाँ वर्षसमेत हो । यसलाई मञ्जुश्री सम्वत भनिन्छ। आजदेखि मञ्जुश्री सम्वत् २८६० सुरु हुन्छ ।

आजदेखि मुसा वर्ष पूरा भइ गाई वर्षमा प्रवेश हुँदैछ । चन्द्रमास पात्रो अनुसार हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।

ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार तामाङ समुदायले यो पर्व मनाउने गर्दछन्।

सोनाम ल्होसार नेपालका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउने गर्दछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved