साढेचार घण्टा मुटु पूरै बन्द गरेर पहिलो पटक ‘डबल स्विच’को सफल शल्यक्रिया

नेपालभ्युज

साढेचार घण्टा मुटु पूरै बन्द गरेर पहिलो पटक ‘डबल स्विच’को सफल शल्यक्रिया

काठमाडौं । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा अति जटिल मानिने मुटुको ‘डबल स्विच शल्यक्रिया’ पहिलो पटक सफल भएको छ । यसको यसअघि नेपालमा प्रयास समेत गरिएको थिएन ।

नवलपरासीको १४ वर्षीया बालिकामा गरिएको शल्यक्रिया डा. रविन्द्रभक्त तिमला, डा. मरिषा अर्याल, डा. सुजन बोहरा र डा. सन्दीप भण्डारी संलग्न थिए ।

शल्यक्रिया गर्न १० घण्टा लागेको थियो । शल्यक्रियामार्फत भित्र र बाहिर दुवैतर्फ रगत बग्ने बाटो मिलाइएको डा. तिमलाले बताए ।

उनका अनुसार साइटस इनभर्सस, करेक्टेड ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज, भेन्ट्रिकुलर सेप्टल डिफेक्ट, पल्मोनरी स्टेनोसिस जस्ता चारवटा संरचनागत त्रुटी भएको बालिकाको मुटुको र बाहिर गरी दुई ठाउँमा रगत विपरीत ठाउँमा बगिरहेको थियो ।

उनका अनुसार प्राविधिक रुपमा ‘सेनिङ’ र ‘रुस्टेली’ नामक दुई वटा छुट्टै शल्यक्रिया गर्न बालिकाको साढेचार घण्टा मुटु पूरै बन्द गरिएको थियो । चिकित्सकका अनुसार ती बालिका केही दिनमै डिस्चार्ज गर्न लागिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved