नेपाल र क्यानडाबीचको क्रिकेट रोमाञ्चक मोडमा, ६८ रन बनाएका निकोलसलाई पवनले क्रिजबाट हटाए

नेपालभ्युज

नेपाल र क्यानडाबीचको क्रिकेट रोमाञ्चक मोडमा, ६८ रन बनाएका निकोलसलाई पवनले क्रिजबाट हटाए

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय क्रिकेटमा पवन सराफले नेपालका लागि छैठौं विकेट लिएका छन् । खेल रोमाञ्चक मोडमा पुगेको छ ।

त्रिवि क्रिकेट मैदानमा ६८ रन बनाएका निकोलस किर्तनलाई सराफले बोल्ड गरेका हुन् । २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले २ सय रन कटाइसकेको छ ।

सात ओभरको खेल बाँकी रहेकाले नेपाललाई अझै विकेटको खाँचो छ । यसअघि कप्तान रोहित पौडेलले पाँचौं विकेट लिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved