प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

नेपालभ्युज

प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित भएको छ ।

विधेयक बुधबार बसेको बैठकले पारित गरेको हो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयक पारित गरियोस् भनी सभासमक्ष प्रस्तुत गरेका थिए ।

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) तथा आतङ्ककारी कार्यमा वित्तीय वातावरण निर्माण र व्यावसायिक वातावरण प्रवर्द्धन गर्न केही ऐनलाई संशोधन गर्न ऐन बनाइएको हो ।

गत असोज २४ गते कानून, न्याय तथा मानवअधिकार समितिबाट सो विधेयक पारित भएको थियो । विधेयकमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लगायतका सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved