रास्वपाको तीन महिने दबाब अभियान, विभिन्न २१ वटा योजना निर्माणका लागि दबाब दिने

नेपालभ्युज

रास्वपाको तीन महिने दबाब अभियान, विभिन्न २१ वटा योजना निर्माणका लागि दबाब दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन महिने दबाब अभियान सुरु गरेको छ । रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि सुरु भएको हो । चैत २१ गतेसम्म चल्ने पहिलो चरणको अभियानको पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने छन् ।

सभापति लामिछानेले पार्टी पदाधिकारी र सांसससहित सिन्धुपाल्चोकको मेलम्चीबाट अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । रास्वपाले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गर्न लागेको हो ।

सांसद सोविता गौतमले सिन्धुपाल्चोक–काठमाडौं दबाब यात्राकोे अगुवाइ गर्नेछिन् । दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन् ।

सभापति लामिछानेले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन /तीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ ।

विकासको मुद्दा कुनै दल विशेषको नभइ देश र जनताको हुने भएकाको भन्दै रास्वपाले अभियानका क्रममा पार्टीको झण्डा र चुनाव चिन्ह प्रयोग नगर्ने बताएको छ ।

रुग्ण र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउनका लागि रास्वपाले दबाब अभियान सुरु गर्न लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved