बर्दघाटमा गोली प्रहारबाट एक व्यवसायी घाइते, आक्रमणकारी फरार

नेपालभ्युज

बर्दघाटमा गोली प्रहारबाट एक व्यवसायी घाइते, आक्रमणकारी फरार
सांकेतिक तस्वीर।

काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटमा अपरिचित समूहको गोली प्रहारबाट एक व्यवसायी घाइते भएका छन् ।

बर्दघाट नगरपालिका घर भइ सुस्ता गाउँपालिका–१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका गजेन्द्र बिश्वकर्मा घाइते भएका हुन् ।

पसल बन्द गरेर घर फर्कने क्रममा एक समूहले शनिबार राति केराबरी भन्ने गाउँ नजिकैको पुलमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

गोली प्रहारबाट घाइते विश्वकर्मालाई बुटवलस्थित तिनाउ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

विश्वकर्माको पाखुरामा गोली लागेको छ । गोली हान्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved