नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

नेपालभ्युज

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बेलाएको छ । कांग्रेसले दिउँसो २ बजे नयाँ बानेश्वर स्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बोलाएको हो । आगामी बस्ने संसदको बैठकमा कसरी प्रस्तुत हुने, संसदमा उठाउने विषय वस्तुलगायतमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

संसद बैठकलाई प्रभावकारी बनाउँदै पार्टीले उठाउने विषयका विषयमा निर्णय लिने बताइएको छ ।

संघीय संसदको बैठक माघ २२ गते बोलाएको छ । संसद बैठकअघि अन्य दलहरु पनि आन्तरिक रणनीति बनाउन जुटेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved