उच्च भेगमा हिमपात र पहाडी क्षेत्रमा वर्षा

नेपालभ्युज

उच्च भेगमा हिमपात र पहाडी क्षेत्रमा वर्षा

काठमाडौ । मुलुकभर आंशिक देखि समान्य बदली रहने छ । पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भैरहेको छ । कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ । मध्य तथा पूर्वी तराईका केही स्थानमा भने बिहानैदेखि हुस्सु लागेको छ ।

हिमपात र वर्षा सुरु भएसँगै किसान भने खुशी भएका छन् । हिउँदे बाली सुक्न थालेकोमा वर्षा र हिमपातले फाइदा गर्ने उनीहरुको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved