२९औं संस्करणको क्यान इन्फोटेक माघ २५ गतेदेखि सञ्चालन हुने

नेपालभ्युज

२९औं संस्करणको क्यान इन्फोटेक माघ २५ गतेदेखि सञ्चालन हुने

काठमाडौं। क्यान इन्फोटेकको २९औं संस्करण माघ २५ गतेदेखि काठमाडौंमा सञ्चालन हुने भएको छ ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)ले बिहीवार पत्रकार सम्मेलन गरेर मेला माघ २५ देखि २९ गतेसम्म भृकुटिमण्डपमा हुने जानकारी गराइएको हो । मेलाको तयारी पनि अन्तिम चरणमा पुगेको क्यानले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै क्यानका महासचिव चिरञ्जीवि अधिकारीले माघ २५ गतेबाट भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९औं संस्करणको क्यान इन्फोटेक मेला हुन लागेको बताए । उनले यस पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर ईसेवामार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने व्यवस्था गरेको र यस अन्तर्गत सर्वसाधारणका लागि एक सय र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको जानकारी दिए ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तक्रिया गर्ने उद्देश्यले क्यानले मेला गर्दै आएको छ ।

महासचिव अधिकारीले क्यान इन्फोटेक २०२४ मा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम कान्छी रोबटको बेटा संस्करण सार्वजनिक हुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved