भारतले नेपाललाई दिने अनुदान रकममा झण्डै साढे २ अर्बले वृद्धि, भुटानको भने घट्यो

रतकी वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार केन्द्रीय बजेट सार्वजनिक गर्दै नेपाललाई दिने अनुदान रकममा वृद्धि गरेकी हुन् ।

नेपालभ्युज

भारतले नेपाललाई दिने अनुदान रकममा झण्डै साढे २ अर्बले वृद्धि, भुटानको भने घट्यो

काठमाडौं। भारतले नेपाललाई दिने अनुदान रकममा २ अर्ब ४० करोड रुपैयाँले वृद्धि गरेको छ ।

भारतकी वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार केन्द्रीय बजेट सार्वजनिक गर्दै नेपाललाई दिने अनुदान रकममा वृद्धि गरेकी हुन् ।

चालु आर्थिक वर्ष २०२३-२४ मा भारतीय रुपैयाँ ५ अर्ब ५० करोड (८ अर्ब ८० करोड रुपैयाँ) विनियोजन गरेको भारतले आगामी वर्ष २०२४-२५ का लागि भने ७ अर्ब भारु अर्थात् ११ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ ।

भारत सरकारले गत वर्ष विनियोजन गरेको अनुदान रकममा संशोधन गर्दै नेपालका लागि ६ अर्ब ५० करोड भारु (१० अर्ब ४० करोड रुपैयाँ) पुर्‍याएको थियो । तर यस वर्ष संशोधित बजेटभन्दा पनि बढेर अनुदान विनियोजन गरेको छ । वित्त वर्ष २०२२-२३ मा भारतबाट नेपालले ४ अर्ब ३४ करोड भारु अनुदान प्राप्त गरेको थियो ।

भारत सरकारले आगामी वित्त वर्ष भुटानलाई दिने अनुदान रकममा भने कटौती गरेको छ । छिमेकी मुलुकमध्ये भुटानलाई सबैभन्दा बढी अनुदान तथा ऋण सहयोग उपलब्ध गराउँदै आएको भारतले वित्त वर्ष २०२४-२५ का लागि २० अर्ब ६८ करोड भारु विनियोजन गरेको हो । यसमध्ये ९ अर्ब ८९ करोड ऋण हो ।

गत वर्ष भुटानका लागि २४ अर्ब विनियोजन भएको थियो । संशोधन गरेर २३ अर्ब ९८ करोडमा झारिए पनि आगामी वर्ष थप घटेर बजेट आएको हो ।

भारत सरकारले विवादका बीच माल्दिभ्सलाई दिने अनुदान रकममा वृद्धि गरेको छ । भारतले माल्दिभ्सलाई आगामी वित्त वर्ष ६ अर्ब भारु अनुदान दिने छ । यो अघिल्ला वर्षका तुलनामा धेरै हो ।

भारतले नेपाल, भुटान, माल्दिभ्ससहित अफगानिस्तान, बंगलादेश, श्रीलंका, मंगोलिया, मौरिसस, म्यानमारलाई पनि नामै तोकेर अनुदान छुट्ट्याउँदै आएको छ । भारतले अनुदान रकम दिने देशको सूचीमा पाकिस्तानलाई भने समेट्ने गरेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved