विमानस्थल हातपात प्रकरण: कुट्ने असईलाई निलम्बन, कुटाइ खाने अधिकृतलाई हटाउन सिफारिस

नेपाल प्रहरीका असई सञ्जय तामाङलाई निलम्बनको सिफारिस गरिएको छ । उनले हातपात गरेका थिए । प्रहरीबाट कुटाइ खाएका अध्यागमन अधिकृत छायालाल मोक्तानलाई समेत समितिले विमानस्थलबाट हटाउन सिफारिस गरेको हो ।

नेपालभ्युज

विमानस्थल हातपात प्रकरण: कुट्ने असईलाई निलम्बन, कुटाइ खाने अधिकृतलाई हटाउन सिफारिस

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको कुटपिट प्रकरणमा दुवै पक्षलाई कारबाही सिफारिस भएको छ ।

नेपाल प्रहरीका असई सञ्जय तामाङलाई निलम्बनको सिफारिस गरिएको छ । उनले हातपात गरेका थिए ।

प्रहरी र विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीबीच भएको हातपात घटनाबारे छानबिन गर्न गठित समितिले कुटाई खाने अध्यागमन अधिकृतलाई हटाउन भनेको छ ।

प्रहरीबाट कुटाइ खाएका अध्यागमन अधिकृत छायालाल मोक्तानलाई समेत समितिले विमानस्थलबाट हटाउन सिफारिस गरेको हो ।

सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिले बुधबार गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको हो । गएको शुक्रबार गृहले गठन गरेको समितिमा डीआईजी राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य थिए ।

प्रतिवेदनमा घटनामा संलग्न दुई प्रहरी जवानलाई विभागीय कारबाही गर्न पनि समितिले सिफारिस गरेको छ । यस्तै, विमानस्थलमा खटिएका प्रहरीको तत्कालीन समयमा ‘कमान्ड’ गरेका डीएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन समितिको सिफारिस छ ।

उनले आफू मातहतका प्रहरी कर्मचारीलाई कुशलतापूर्वक कमान्ड गर्न नसकेको समितिको निष्कर्ष छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीको नेतृत्वमा हाल डीआईजी अर्जुनचन्द ठकुरी छन् । घटना भएको दिन उनी बिदामा थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved