झारखण्डका मुख्यमन्त्री सोरेन पक्राउ, केन्द्र सरकारले फसाएको आरोप

नयाँ मुख्यमन्त्रीमा चम्पाई सोरेन

नेपालभ्युज

झारखण्डका मुख्यमन्त्री सोरेन पक्राउ, केन्द्र सरकारले फसाएको आरोप

काठमाडौं । भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ परेका छन् । सम्पत्ती शुद्धीकरणको मुद्दामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । खानी प्रकरणमा घोटला गरेको मुद्दामा सोरेन मुछिएका थिए ।

खानी घोटालामा सोरेन मुछिएपछि उनीमाथि अनुसन्धान सुरु भएको थियो । प्रवर्तन निदेशालय (ईडी)ले उनको बयान लिन पछिल्लो समय बारम्बार पत्राचार गरिरहे पनि उनी सम्पर्कमा आएका थिएनन् ।

यद्यपी हेमन्त सोरेन सो घोटला प्रकरणको प्राथमिक अभियुक्त नभएको उनको पार्टीले दाबी गर्दै आएको छ । उनको पार्टीले केन्द्र सरकारको निर्देशनमा ईडीले काम गरेको आरोप लगाएको छ ।

मुख्यमन्त्री हेमन्त सोरेनले ईडीसँग खुला कानुनी लडाइँ लड्नका लागि नै पदबाट राजिनामा दिएको बताइएको छ ।

सत्तारूढ झारखण्ड मुक्तिमोर्चा जेएमएम नेतृत्वको गठबन्धनले झारखण्डको अर्को मुख्यमन्त्रीको रूपमा वरिष्ठ नेता चम्पाई सोरेनको नाम अघि सारेको हिन्दुस्तान टाइम्सले जनाएको छ । मन्त्री आलमगीर आलमले नयाँ मुख्यमन्त्रीका लागि चम्पाई सोरेनको नाम प्रस्ताव गरिएको पुष्टि गरेका छन् ।

६७ वर्षीय चम्पाई सोरेनलाई मुख्यमन्त्री बनाउन ४३ विधायकले हस्ताक्षर गरिसकेका छन् । चम्पाईको पक्षमा ४७ विधायक रहेको समाचारमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved