चिडियाखानामा राखिएको हिउँचितुवाको स्वभाव बिरालो जस्तो, न डराउँछ न रिसाउँछ !

नेपालभ्युज

चिडियाखानामा राखिएको हिउँचितुवाको स्वभाव बिरालो जस्तो, न डराउँछ न रिसाउँछ !

काठमाडौं । सातादिनअघि मोरङको उर्लाबारीमा फेला परेको हिउँचितुवाको स्वभाव देखेर विज्ञहरू चकित परेका छन् । उसलाई कसैले पालेरै छोडेको हुन सक्ने आशंका उनीहरूको छ । उसलाई अहिले चिडियाखानामा चिसो कोठामा राखिएको छ ।

अढाईवर्षको रहेको अनुमान गरिएको सो हिउँचितुवाको व्यवहार बिरालोसँग मिल्दोजुल्दो छ । पूर्वी हिमालमै रहेर लामो समय हिउँचितुवालगायत हिमाली जीवको निगरानी एवं संरक्षणमा काम गरेका संरक्षणविद् कमल थापामगरले पनि चिडियाखानामा राखिएको हिउँचितुवा मनिससँगै हुर्किएको अनुमान गरेका छन् ।

उनी भन्छन्, ‘हिउँचितुवाको स्वभाव भनेको मानिस देखेपछि ङयार्र गर्ने हो । सामान्यत उ मानिसदेखि डराउँछ र तर्सन्छ । हो किनकि उ जंगली जनावर हो । तर, यहाँ ल्याइएको हिउँ चितुवाले त्यस्तो केही गर्दैन । उ घरपालुवा बिरलो जस्तै फेमेलिएर भएको छ ।मलाई लाग्छ यो कसैले पालेको थियो । भागेर आयो ।’

एनेस्थेसिया (लठ्याउने औषधि) नदिएको अवस्थामा पनि हिउँचितुवाले रिसाउने, डराउने, कराउने व्यवहार नदेखाएको उनी बताउँछन् । अरू हिउँचितुवाहरू भने मानिसदेखि रिसाउने, डराउने, कराउने व्यवहार गर्छन् ।

अधिकारकर्मीहरूले यसलाई प्राकृतिक वासस्थानमै छोड्न आग्रह गरिरहेका छन् । तर, कहाँबाट कसरी आयो भनेर थाहा नपाउँदै छोड्न नहुने भन्दै विज्ञहरूसहितको कार्यदल बनाएर विभिन्न चरणबाट अनुसन्धान हुने प्रकृति संरक्षण कोषले बताएको छ ।

वन तथा वातावरण मन्त्रालय सचिव डा. दीपककुमार खराल भन्छन्, ‘यो हिउँचितुवाको विषय गम्भीर भएकोले विभिन्न चरणबाट अनुसन्धान हुनुपर्ने देखाएको छ । त्यसपछि छाड्छौँ ।’

हिउँचितुवालाई चिडियाखानामा ‘एसी’को सुविधा, सिकारको लागि ‘चिकेन’ (फोटोहरू)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved